चार्ली च्याप्लिनबारे रोचक कुरा र उनको जीवनसूत्र

0
Shares

चलचित्र जगतमा चार्ली च्याप्लिनको नाम अमर छ। उनको जन्म १६ अप्रिल, १८८९ मा बेलायतको लण्डनमा भएको थियो। च्याप्लिनका बारेमा केही रोचक तथ्य, जुन तपाईंका लागि रमाइला लाग्न सक्छन्। चार्ली च्याप्लिनको निधन ८८ वर्षको उमेरमा सन् १९७७ मा क्रिसमसका दिन भएको थियो।

च्याप्लिनको अन्त्येष्टिको तीन महिनापछि उनको चिहानबाट च्याप्लिनको शव चोरी भएको थियो। चोरहरुले उनका परिवारबाट पैसा असुल्नका लागि उनको शव चोरी गरेका थिए। सन् १९४० मा च्याप्लिनले हिटलरमाथि ‘दि ग्रेट डिक्टेटर’ चलचित्र बनाएका थिए। यसमा उनले हिटलरको नक्कल गर्दै हिटलरलाई मजाक बनाएका थिए। च्याप्लिनलाई सन् १९७३ मा ‘लाइम–लाइट’मा वेस्ट म्युजिकका लागि ओस्कार अवार्ड प्रदान गरिएको थियो। यो चलचित्र २१ वर्षअघि बनेको थियो, तर यसको प्रदर्शन लस एन्जलसमा सन् १९७२ भन्दा अगाडि भएको थिएन। त्यहाँ प्रदर्शन भएपछि यस चलचित्रको नाम ओस्कारमा पुगेको थियो। सन् १९७५ मा महारानी एलिजाबेथ द्वितीयले चार्ली च्याप्लिनलाई ‘नाइट’ उपाधि दिएकी थिइन्।

चार्ली च्याप्लिनको बाल्यकाल निकै अप्ठेरो र गरिबीले भरिएको थियो। बेपरवाह र जँडिया बुबाका कारण उनको परिवार दुःखले चलेको थियो। च्याप्लिनकी गरिब आमा पागलपनको सिकार भएकी थिइन्। यसको परिणाम यो भयो कि च्याप्लिन सात वर्षको उमेरमा एउटा आश्रममा पुगे। १३ वर्षको उमेरमा मनोरञ्जनको दुनियाँमा आए उनी। नृत्यका साथै च्याप्लिनले रङ्गमञ्चमा पनि उत्तिकै सहभागिता जनाउन थाले। यसको लगत्तै च्याप्लिनलाई अमेरिकी फिल्म स्टुडियोका लागि छानियो। त्यहाँदेखि च्याप्लिन विश्वभर मौन चलचित्रका बादशाहका रुपमा उदाए।

चार्ली च्याप्लिनका केही भनाईहरु यस्ता मर्मस्पर्शी छन् जसले दु:खमा नआत्तिन र धैर्य गर्न प्रेरणा दिन्छन् ।

१) ऐना मेरो सबैभन्दा असल साथी हो । किनकी जब म रुन्छ तब ऊ कहिल्यै पनि हाँस्दैन ।

२) म सधै झरीमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् ।

३) यो दुनियामा कुनैपनि चिज स्थायी छैन, हाम्रो दुखपनि स्थायी होइन ।

४) नहाँसीकन बिताएको दिन बर्बाद गरेको दिन हो ।

५) मेरो दुख कसैको हाँसोको कारक बन्न सक्छ, तर मेरो हाँसो कहिल्यैपनि कसैको दुखको कारक नबनोस् ।

६) यदि तपाइँ मुस्कुराउनुभयो भने थाहा पाउनुहुन्छ की जिवन अझैपनि मूल्यवान छ ।

७) केहीपनि नगर्ने तर कल्पना मात्र गर्नुको कुनै अर्थ छैन ।

८) मलाई लाग्छ सही समयमा गलत काम गर्नु जिवनका कैयौँ विडम्बना मध्ये एक हो ।

९) आवश्यक परेको बेला साथीलाई सहयोग गर्न सजिलो छ, तर उसलाई आफ्नो समय दिनु सदैव सम्भव नहुन सक्छ ।

१०) यदि तपाइँले सधै तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुनेछैन ।

एजेन्सीको सहयोगमा