चट्याङ लागेर एकै घरका पाँचजना घाइते, ४ बाख्रा मरे

0
Shares

अछाम । चट्याङ लागेर अछाममा एकै घरका पाँचजना घाइते भएका छन्। बुधबार राति पञ्चदेवल बिनायक नगरपालिका-७ पुल्लेतोलाका रणबहादुर रावलको घरमा चट्यान परेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर घाइते हुनेअरुमा रावलका ३७ वर्षीय छोरा तपबहादुर रावल, १७ वर्षीय मंगल रावल, ८ वर्षीय प्रकाश रावल, १४वर्षीय पवन रावल र ३७ वर्षीया देवसरा रावल रहेका छन्। अविरल वर्षासगैँ चट्यान परेको हो ।

घाइतेहरुको पुल्लेतोला स्वास्थ चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये देवसरा र मंगलको अवस्था गम्भीर छ। त्यस्तै नगरपालिकाको-९ ढाकुका दिनेश कुमार शाहको गोठको छानोमा परेको चट्याङ लागेर ४ बाख्रा मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।