जीप दुर्घटनामा ३ को मृत्यु

0
Shares

अछाम । रामारोसन गाउँपालिकाको मुजाबगरबाट जयगढ तर्फ जाँदै गरेको से.१.ज.९९५ नम्बरको जिप बान्नीगढी जयगढ गाउँपालिक-५ कालिका लिडि सुकीबागस्थित सडकबाट अन्दाजी ८ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा जिपमा सवार ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा जिपमा सवार परिचय नखुलेका १ जनाको घटनास्थलमै र बान्नीगढी जयगढ गाउँपालिका-४ बस्ने ३८ वर्षीय कालु सिंह आउजी र डिलासैन गाउँपालिका-३ बस्ने २२ वर्षीय लाल बहादुर बोहराको न्याय हेल्थ बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जिप चालक कैलाली घोडाघोडी नगरपालिका(७ कीर्तिपुर बस्ने २७ वर्षीय जनजिर चौधरी सहित ३ जनाको न्याय हेल्थ बयलपाटा अस्पताल अछाममा उपचार भइरहेको छ ।  दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।