बन्दरगाह, प्रभावितलाई मुआब्जा वितरण

0
Shares

सरस्वति न्यौपाने, रसुवा ।   निर्माणाधिन सुख्खा बन्दरगाह प्रभावित लाई मुआब्जा वितरण गरिएको छ ।   जिल्ला प्रशासन कार्यालय रसुवाले गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाह प्रभावित मुआब्जा पाउन बाकी रहेका तिन जनाको जग्गा र पाँच जनाको घर गरी ८ जनाको लागी रकम निकासा गरि मंगलबार सम्म ७ जना ले लिइसकेका छन भने २३ लाख ५२ हजार ७१८ रुपैया वितरण गरेको छ ।

चिन सरकारको सहयोगमा चिनिया टोली ले नै निर्माण गर्ने भएकाले बन्दरगाह निर्माणका लागी आवश्यक पर्ने सामाग्री तथा कामदार चीनबाट नै आउने हुदा नेपाली पक्षबाट समन्वय मात्रै हुने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भने अझै १४ जनाको टहराको रकम निकासा  भएको छैन आउदो सेप्टेम्बर बाट निर्माण सुरु हुन लागेको ले मुआब्जाको काम चाढै सिध्याउनु पर्ने छ ।

बन्दरगाह निर्माणको लागी तिब्बेत फुलि कन्ट्रक्सनले जिम्मेवारी पाएको र मुआब्जा पाउन बाँकी रहेका प्रभावितले निवेदन दिइ सकेका छन । यसका लागी इन्टर मोडल यातायात विकास समितिमा चिनि पठाइ सकिएको बताइएको छ ।