एस इन्टिच्युट अफ म्यनेजमेन्टका विद्यार्थीको ‘मानुषी’

0
Shares

एस इन्टिच्युट अफ म्यनेजमेन्टका विद्यार्थीहरूले २०१३ देखि समाजका कुनै विषयवस्तु लिएर वार्षिक रुपमा दिँदै आएको नाटकीय प्रस्तुति ‘एस एनुअल ड्रामा’ हो।
यो वर्ष पाँचौ संस्करणका रुपमा एस एन्नुअल ड्रामा टिमले आयोजना गरिरहेको नाटकका निर्देशक आईपी आचार्य हुनुहुन्छ।

समाजका पाटा नियाल्दै गर्दा समाजका मानुषीहरूको गाथलाई एक सबल नाटकीय रुप दिने जमर्को गर्दै एस एनुअल ड्रामा टिमले ‘मानुषी’ प्रस्तुत गर्दछ।मानुषी एक नाटक मात्र नभएर एक समाजिक तथ्य पनि हो।

समाजका विभिन्न पाटालाई यस नाटकले हुबहु परिकृत गर्दछ। मानुषी एक ‘मानुषीको’ कथा हो। यसमा एक नारीका गाथा संँगसंँगै सामाजिक विभेदको पराकाष्ठा पनि प्रस्तुत गरिएको छ। यस नाटकले परम्परागत विषयवस्तु मात्र प्रस्तुत नगरी समाजमा बदलिँदो सोचाइ र विकासोन्मुख धारणाहरूको पनि विवेचना गर्दछ।

त्याग, बलिदान अनि ममताकी खानी नारीलाई यस नाटकले उचित न्याय गर्न सकेको छ। नेपाली समाजका धेरै कहित वा अनकहित कथाको कुल सम्प्रेषित रुप मानुषी हो।
यो नाटक केवल एक कार्यक्रम मात्र नभएर, नाटक संस्कार को जगेर्ना पनि हो।

नाटक संस्कारको उत्सवको रुपमा एसका विद्यार्थीहरूले करिब एक महिनाको अभ्यासको प्रतिफल मानुषी २०७६ भदौ ८ गतेका दिन राष्ट्रिय नाचघरमा मञ्चन हुन गइरहेको छ।