काराकास, (एजेन्सी)। राजनीतिक संकटको सामना गरिहेका भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले आफ्नो मुलुकमाथि नाकाबन्दी कस्दै गइरहेको स्थिति भए तापनि महिलौंदेखि आफूले अमेरिकाको ट्रम्प सरकारसंग वार्ता गर्दै आइरहेको रहस्य मंगलबार खोलेका छन्।
मादुरोलाई भेनेजुयलाको वैधानिक नेताको मान्यता नदिने विश्वका पचासवटा भन्दा बढी राष्ट्रमध्ये अमेरिका पनि एक हो। मादुरोलाई पदबाट राजीनामा दिन लगाउन थप दबाब दिने उद्देश्यले यसै महिनाको शुरुमा अमेरिकाले भेनेजुयलामाथि थप नाकाबन्दी लगाएको थियो।
सरकारी टेलिभिजनमार्फत बोल्ने क्रममा मादुरोले भनेका छन्– ‘मैले आन्तरिक राजनीतिक समस्या सुल्झाउने उद्देश्यले देशभित्रै वार्ता गरे जस्तै राष्ट्रपति ट्रम्पले साँच्चै भेनेजुयलाको आवाज सुन्न चाहेको जस्तो उपाय पनि अपनाएको छु।’
मंगलबार नै ैट्रम्पले पनि आफ्नो सरकारले भेनेजुयलाका विभिन्न प्रतिनिधिहरूसँग वार्ता गरिरहेको पुष्टि गरेका छन्। उनले यसैसंग वार्ता भइरहेको नखुलाए पनि अत्यन्तै उच्च स्तरमा भेनेजुयलासंग वार्ता भइरहेको बताएका थिए।
भेनेजुयलाको राष्ट्रियसभाको अध्यक्षसमेत रहेका हुवाँ गुआइदाले गत जनवरीमा आफूलाई राष्ट्रपति घोषित गरेका थिए। अमेरिकालगायत केही ल्याटिन अमेरिकी र अन्य थुप्रै युरोपेली मुलुकले गुआइदोको समर्थन गरेका थिए।
तैपनि गुआइदोले अझैसम्म सेनाको बलिायासाथ पाएका मादुरोलाई सत्ताबाट हटाउन सकेको छैन। नर्वेको मध्यस्थतामा बार्वाडोसले मादुरो र गुआइदोबीच वार्ताको आयोजना गरेको थियो। तर मादुरोले विपक्षी राजनीतिक समहुले अमेरिकाद्वारा भेनेजुयलामाथि लगाइएको नाकाबन्दी लगाइएकोमा विरोध गर्न थालेपछि वार्ता ठप्प हुन पुगेको थियो।
अहिले भेनेजुयालामा इतिहासकै सबैभन्दा नाजुक आर्थिक स्थिति रहेको छ। संयुक्त राष्ट्रसंघले त्यहाँको कुल ३ करोड जनता मध्ये २५ प्रतिशतलाई मानवीय आधारभूत आवश्यकताको खाँचो रहेको जनाएको छ। विगत केही वर्षयता आर्थिक र राजनीतिक समस्याकै कारण चालिस लाखभन्दा बढी भेनेजुयलियालीले देश छाडि सकेका छन्।
विभिन्न कारणले अन्तर्राष्ट्रिय जगत्ले मादुरोको सरकारको आलोचना गर्दै आएका छन्। मादुरोले अमेरिकाले र त्यसमाथि पनि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोह्न वोल्टनले आफ्नो हत्या प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन्। तर उनले त्यस आरोपको पुष्टि हुने प्रमाण भने प्रस्तुत गर्न सकेका छैनन्।











प्रतिक्रिया