दृष्टिविहीन महिलाले दिइन् ग्रेडवृद्धि परीक्षा

0
Shares

बैतडी, (नेस)। बैतडीमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा ग्रेडवृद्धि परीक्षामा जिल्लाको सुर्नया गाउँपालिका–८, कठमडाकी दृष्टिविहीन दीपा बोहरा सहभागी हुनुभएको छ। उहाँ जिल्लाको केदार मावि. कठमडाकी विद्यार्थी हुनुहुन्छ।

यसैवर्ष माध्यमिक शिक्षा परीक्षामा सहभागी बोहराले गणित, विज्ञान र सामाजिक विषयको ग्रेड वृद्धिका लागि परीक्षा दिनुभएको हो। उहाँले जगदम्बा मावि. रानीबुंगा केन्द्रमा सुमित्रा साउदको सहयोगमा परीक्षा दिइरहनुभएको केन्द्राध्यक्ष पुष्पराज लेखकले बताउनुभयो।

आँखाको फरक क्षमताका भए पनि पढेर ठूलो मान्छे बन्ने ईच्छा रहेको दीपाले नेपाल समाचारपत्रलाई बताउनुभयो। परीक्षा केन्द्रमा उहाँका लागि अलग्गै कोठाको व्यवस्था गरी आधा घण्टा थप समयसमेत दिइएको लेखकले बताउनुभयो।