विपत् प्रतिकार्य व्यवस्थापनका लागि ८ क्षेत्र निर्धारण

0
Shares

लमजुङ, (नेस) ।सदरमुकामस्थित बेंसीशहर नगरपालिकाद्वारा विपत् प्रतिकार्य व्यवस्थापनका लागि प्रतिबद्धता व्यक्त गर्दै ८ वटा क्षेत्र पहिचान गरेको छ। नगरपालिकाले आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाको कार्यशाला गोष्ठीको आयोजना गरी त्यस्तो प्रतिबद्धता व्यक्त गरेको हो।

गोष्ठीमा नगरपालिका मेयर गुमानसिंह अर्यालले पूर्वतयारी विपत्का घटनामा हुन सक्ने जोखिम न्यूनिकरण, ती घटनामा हुने क्षतिलाई समेत न्यूनिकरण गरी उद्धार र राहत कार्यमा सजक रहनु हो भन्नुभयो।

उहाँले आज निर्धारण भएका आठ विषयगत समितिलाई आफ्नो जिम्मेवारी बुझ्न र राम्रोसँग दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो। उहाँले यस कार्यमा नगरपालिकाले केही बजेटको प्रबन्ध गरेको र आवश्यक परेमा थप बजेट लगानी पनि गर्न सक्छौं भन्नुभयो।

गोष्ठीले विपत्का आठवटा क्षेत्रको पहिचान गरी त्यसका काम गर्नका लागि पाँचदेखि नौ सदस्यीय समिति गठन गर्न संयोजक तोक्ने काम गरेको छ। उक्त समितिको संयोजकमा सबै कार्यपालिकाका सदस्यहरू रहेका छन्।