गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय  सम्मेलन 

0
Shares

ललितपुर, (नेस)  । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बंगला फाउन्डेसनको संयुक्त आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
 देशभरका ५० जिल्लाका ३ सय सामुदायिक विद्यालयका शिक्षकसहित ६ सय प्रतिनिधि सहभागी हुने सम्मेलनमा विश्वका ५ देशका  शिक्षाविद्, अनुसन्धानकर्ता र  प्रशिक्षकको सहभागिता रहने छ।

 सम्मेलन यही भदौ ७ देखि ९ सम्म रातो बंगला स्कुलमा हुँदैछ। सम्मेलनको बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक बाबुराम पौडेलले नेपालमा गुणस्तरीय शिक्षाका लागि कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो।
उहाले भन्नुभयो–‘सबैका लागि शिक्षा, गुणस्तरीय शिक्षा र चुस्त व्यवस्थापनका लागि अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेका हौं।’ बाल केन्द्रीत शिक्षा लक्षित सम्मेलनले सार्वजनिक शिक्षाको विकासमा कोशेढुंगा सावित हुने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको भनाइ छ।  गुणस्तरीय शिक्षाकालागि सहयोग गर्ने फाउन्डेसनको योजनाअनुसार सरकारले सहयात्रा गरेको उहाँको भनाइ थियो।

पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनकी अध्यक्ष एवं रातो बंगला स्कुलकी प्रमुख डा.शान्ता दीक्षितले सम्मेलनमा अमेरिका, चीन, भारत, बंगलादेश र सिंगापुरका गरी ९ जना विज्ञको उपस्थिति रहने जानकारी दिनुभयो। सम्मेलनमा विदेशी  र ६० जना स्वदेशी विज्ञको करिब ८० वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो।

 विशेषगरी सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ। बाल केन्द्रित गुणस्तरीय शिक्षालाई स्थानीय सरकार र प्रत्येक विद्यालयले अघि बढाउने छन् भन्ने कार्यक्रमको उद्देश्य रहेको छ।

फाउन्डेसनले यसअघि सन् २००२, २०१३ मा गरी दुईपटक अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिसकेको दीक्षितको भनाइ छ। तेस्रो सम्मेलन लगत्तै यसैवर्ष सातै प्रदेशमा  आयोजना गर्ने उहाँको भनाइ छ।

‘हामी प्रत्येक दुई वर्षमा अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने लक्ष्य लिएका छा’ै–उहाँले भन्नुभयो। सम्मेलन ऐनसेल,एशियाली विकास बैंक,युरोपेली संघ, जनता बंैक र व्यापार अक्सिजन प्रालिले प्रायोजन गरेको छ।