साहित्यकार कँडेल कतारमा सम्मानित

0
Shares

काठमाडौं, (नेस)। साहित्यकार तथा गीतकार गोविन्द कँडेल ‘आँसु’लाई नेसनल गीत लेखनमा ‘हामी पौरखी’ गीतको बोलमा स्टार म्युजिक अवार्ड २०१९द्वारा कतारमा गएका अन्तिम साता सम्मान गरियो।

साहित्य र कलाका पारखी कँडेलले हाल सम्म ‘चिता माथिको बिहानी’ कथा संग्रह, ‘वर पीपल’ खण्ड काव्य, ‘सपनाको घर’ गीती संग्रह, ‘काभ्रे जिल्लाका गीत’ गीति एल्बम, ‘नमोबुद्ध नगरपालिका गीत’लगायत थुप्रै कृति प्रकाशन गर्नुका साथै गीतको रचना गर्नुभएको छ।
यसका साथै ‘हराएको पात्र’, ‘परदेशी आमा’, ‘आधा सत्य’, ‘मनको विचलन’, ‘प्रेमील जुनको खोजी’, ‘दीप माला’, ‘डुब्दै घाम’, ‘प्रेम सरोवर’,  ‘प्रेमको महासागर’,लगायत दुई दर्जनभन्दा बढी उपन्यास सम्पादन गरिसक्नुभएको छ।
उक्त समारोहमा पब्लिक च्वाइस अवार्ड प्रकाश सपूत र चर्चित कलाकारको अवार्ड आनन्द कार्कीले प्राप्त गर्नुभएको थियो। स्टार किङ, कतारको आयोजनामा भएको कार्यक्रममा कतारका लागि नेपालका कार्यबाहक राजदूत लक्ष्मण खनालले कलाकारलाई अवार्ड प्रदान गर्नुभएको थियो।