सेनाको ब्यारेक भित्र करेन्ट लागेर मृत्यु

0
Shares

भक्तपुर, (नेस) ।भक्तपुरमा करेन्ट लागेर  एक जनाको मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका–५ खरिपाटी स्थित सैनिक प्रतिष्ठानको ब्यारेक भवनमा टायल मार्बलको काम गर्ने कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ।
भारत मोतिहारी घर भई हाल सोही भवनमा बस्ने वर्ष १९ का प्रदीपकुमार हजामलाई करेन्ट लागी घाइते भई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुका डीएसपी रेवतीरमण पोखरेलले बताउनुभयो।