रक्तचन्दनको ४५ लिटर तेल बरामद

0
Shares

काठमाडौं, (नेस)।काठमाडौं महानगरपालिका १६ नयाँबजारबाट अन्दाजी ४५ लिटर रक्तचन्दनको तेलसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

 पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ईन्द्रावती गाउँपालिका–५ घर भएका जितबहादुर लामा, धादिङ धुनिबेशी नगरपालिका–३ घर भएका अच्यूत केसी र नुवाकोट वेलकोटगढी नगरपालिका–११ घर भएका सुजन पौडेल रहेका छन्।
उक्त स्थानमा अवैधरूपमा रक्तचन्दनको तेल कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले लामाको कोठा खानतलासी गर्दा प्लास्टिकको बोराले बेरेर लुकाई राखेका २ वटा सिल्भरको गाग्रीमा रहेको तेलसहित उनीहरूलाई पक्राउ गरेको हो।