बाइक आतंक

0
Shares

एका बिहानै बीच बजारमा एउटा आवाज सुनियो, ‘भटटट, भटटट, भटटट’

हैन, यो केको आवाज हँ ?

खै ? आवाज त बाइकको जस्तो पो छ त है ?

तल्लो बजारमा बाइक स्टार्ट गरे जस्तो छ।

बीच बजारका दुई बटुवाको संवाद हो यो।

त्यसो भए यो पक्कै ११ कक्षा पढ्ने विद्यार्थीको बाइकको आवाज हो। एउटाको अनुमानित अभिव्यक्ति आयो। दुईजना बटुवा संवाद के गर्दै थिए बीच बजारमा एक्कासी एउटा आवाज आयो, ‘झड्याम्म’।

बाटोमा उभिइरहेका महिलाहरू ‘आम्मा नि  भन्दै सडकको पेटीतिर स्याँँस्याँ गर्दै दगुर्न थाले। हेर्दाहेर्दै ११ कक्षा पढ्ने दुईजना केटा र केटी चढेको बाइक सडकमा पछारिएको धरहराले देख्यो। दुवैजना रगतपिच्छे छन्। केटोको हेलमेटभित्र कानमा सिउरेको मोबाइल जहाँको त्यहीँ छ।

कोही बटुवा खल्तीबाट एन्ड्रोइड फोन झिकेर फोटो खिच्न तल्लीन हुन्छन् भने कोही जिल्ला अस्पतालतिर फोन गरेर एम्बुलेन्स बोलाउन खल्तीबाट मोबाइल झिक्न थालेको दृष्य हेर्न लायकको थियो।

पाठक बृन्द यो घटना धादिङको सदरमुकामको हो। काठमाडौंको भनेर झुक्किनुहोला है ?

धरहरालाई लागेको कुरा चाहिँ के हो भने, आजका किशोर किशोरीलाई साधन स्रोत दिनु ठीकै होला यद्यपि अध्ययन गर्ने बेलामा बाइक, मोबाइल उनीहरूको आवश्यकता त हुँदै होइन भन्ने निष्कर्षमा धरहरा पुगेको छ।