न्युज अफ नेपाल, काठमाडौं । भूमिसम्बन्धी आठौँ संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक २०७५ माथि छलफल गरियोस् भनी संसदमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यस अवसरमा विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयकमाथि सांसदहरूले दिएको सुझावहरूमा सरकारको ध्यान जाने बताउनुभयो ।
नियमावलीमार्फत आएका सुझावहरू समेटेर अझ परिष्कृत बनाएर जाने मन्त्री अर्यालले भनाई थियो ।
प्रतिक्रिया