भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, आउँदा–आउँदै प्रम ओलीलाई भेट्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन् । उनी बुधबार मध्याह्न १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भारतीय दूतावासले जनाएको छ ।

विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । बैठक बुधबार र बिहीबार बस्दै छ ।

तर, उनले बैठक सुरु हुनुभन्दा अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीसँगको भेटवार्ता दिउँसो २ बजे तय गरिएको स्रोतले बताएको छ ।

लगत्तै उनी अपराहन्न ३ बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल–भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् ।

बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।