भारतलाई ध्वस्त गर्ने अभिव्यक्ति

0
Shares

लन्डन, (एजेन्सी)। १९९२ विश्वकपमा पाकिस्तानलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका जावेद मियादादले भारतलाई ध्वस्त गर्ने अभिव्यक्ति दिएका छन्।

पूर्वक्रिकेटर मियादादले भारतलाई परमाणु बमले ध्वस्त गर्ने धम्की दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

हालै जम्मुकस्मिरको घटनाबारे मियादादले पाकिस्तानकै एक टेलिभिजनमा कुरा गरेका थिए।

भारतीय मिडियाले जनाएअनुसार भिडियोमा उनले आफ्ना देशका जनतालाई सल्लाह दिएका पनि छन् हरेक नागरिकले बन्दुक साथमा राख्नुपर्छ भनेर।