म अझै १५ वर्ष बाँच्छु: प्रधानमन्त्री ओली

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताउनुभएको छ ।

गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’

आफू भोलि सिंगापुर जान लागेको बताउँदै उहाँले भन्नुभयो, ‘म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ। अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ।’