नेप्सेमा पुनः गिरावट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पुनः ओरालो लागेको छ। सोमबार सात अंकभन्दा बढीले उकालो लागेको नेप्से मंगलबार भने ८ दशमलव ४३ घटेर १२१३ दशमलव ६३ बिन्दुमा झरेको छ।

कुल १६५ कम्पनीको ११ लाख ७३ हजार ५१० कित्ता शेयर २७ करोड २५ लाख ९ हजार २० मूल्यमा खरिद बिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन होटल सोल्टी अग्रस्थानमा रहेको छ। सो होटलको ४ करोड ३५ लाखभन्दा बढीको शेयर कारोवार भएको छ। यस्तै रसुवागढी जलविद्युत् कम्पनी १ करोड ६५ लाख, एनआईसी एसिया बैंक १ करोड ३२ लाख, नेपाल बैंक १ करोड ३४ लाखको शेयर कारोबार भएको छ।

। मंगलबार सबैभन्दा बढी कमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ता रहेका छन्। सो कम्पनीको शेयरमूल्य ५ दशमलव ६२ प्रतिशतले बढेको छ। त्यस्तै ग्रिन डेभलपमेन्ट बैंककको ३ दशमलव ७७ प्रतिशतले बढेको छ। सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावरका लगानीकर्ता रहेका छन्। सो कम्पनीको शेयर मूल्य ९ दशमलव ५६ प्रतिशतले घटेको छ।

दिव्येश्वरी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, गुराँस लघुवित्त वित्तीय संस्था पनि धेरै गुमाउने कम्पनीमा रहेका छन्। मंगलबार कारोबारमा आएका १२ उपसमूहमध्ये व्यापार समूह ६ दशमलव ५९ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ५ अंकले बढेको छ।

तर, बैंकिङ समूह ६ दशमलव ८३, होटल समूह १३ दशमलव ८४, विकास बैंक समूह ७ दशमलव शून्य ४, जलविद्युत् समूह १३ दशमलव २८, वित्त समूह २ दशमलव शून्य ४, निर्जीवन बीमा समूह २५ दशमलव ५९, उत्पादन समूह ११ दशमलव ८६, अन्य समूह ५ दशमलव ३४, लघुवित्त १३ दशमलव १२, जीवन बीमा ५६ दशमलव १६ अंकले घटेको छ।