होटेलको चौथो तल्लाबाट हामफालेर महिलाले गरिन् आत्महत्या


काठमाडौं । सुन्धारामा रहेको एक होटेलको चौथो तलाबाट हामफालेर एक महिलाले आत्महत्या गरेकी छिन्। आत्महत्या गर्नेमा तनहुँ स्थायी घर भएकी ३८ वर्षीय दिलकुमारी गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ।

केही दिनदेअि सासु ससुरासहित सुन्धाराको नागराज होटलमा बस्दै आएकी गुरुङले बिहान करिव साढे ८ बजेतिर आत्महत्या गरेको प्रहरीले बताएको छ । मृतकका श्रीमान् भारतीय आर्मीमा कार्यरत रहेको खुलेको छ ।

यस घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।