सिरहामा लागूऔषधसहित १ पक्राउ


सुभेन्द्र दास, सिरहा । सिरहामा लागुऔषध सहित एक जना युवक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा सिरहाको कर्जनहा नगरपालिका वडा न ८ बस्ने बिजय पासवान रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलिले भारतबाट लुकाई छिपाई ल्याउदै गरेको पैदल यात्री पासवान लाई चेक जाच गर्दा ।

सदा पोशाकमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।१५० पिस नाईट्रोभेट ट्रयाबलेट पसवानले नेपाल तर्फ पैदल ल्याउउदै गरेको बिजय पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता अपिल राज बोहराले जानकारी दिनु भयो