भद्रपुरबाट १ लाख बराबरको अबैध कपडा बरामद


भद्रपुर । सशस्त्र प्रहरीले भद्रपुरबाट १ लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ । झापाको दक्षिणी क्षेत्र वनियानीबाट ना ४ ख ३३४६ नम्बरको स्वयम्भू यात्रुवाहक वसमा विर्तामोड तर्फ गइरेको सूचनाको आधारमा सामान बरामद गरिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।

बरामद गरिएको सामान अरुण शाहको रहेको प्रहरी स्रोतले जनाएको छ । शुक्रबार विहान साढे ८ बजे झापा चोकमा सामान फेला परेको गणका डिएसपी दोर्ण बिक्रम शाहले जनाउँनुभयो । विभिन्न प्रकारका कपकडा रहेको उहाँले जानकारी दिनुभयो ।

बरामद सामग्रीलाइ मेचीभन्सार कार्यालय काँकडभिट्टा बुझाइएको उहाको भनाइ छ ।