काठमाडौं । विगत तीन दिनदेखि हराएका एक युवक ललितपुरको बालकुमारीस्थित मनोहरा खोलामा मृत भेटिएका छन्।
उदयपुरको कटारी नगरपालिका-२ घर भएका अन्दाजी ३२ वर्षीय हरि खड्का मृत फेला परेका प्रहरीले जनाएको छ। उनको शव सड्न थालेको अवस्थामा मनोहरा खोला किनारामा मंगलबार बिहान प्रहरीले फेला पारको हो।
उनी काठमाडौंमा मूर्ति बनाउने काम गर्थे। उनको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।











प्रतिक्रिया