खोलामा डुबेर २ को मृत्यु


राजेन्द्र गजुरेल, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाको ओखरपौवास्थित कोल्पु खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । ककनी गाउँपालिका वडा नं. १ ओखरपौवास्थित कोल्पु खोलामा बालुवा झिक्नेक्रममा बनेको खाल्डोमा डुबेर सोही वडाकी १३ वर्षिया विनिता बलामी र सिन्धुली फिक्कल गाउँपालिकाकी ३७ वर्षिय लक्ष्मी तामाङको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विनिता बलामी पौडी खेल्नेक्रममा डुबेपछि बचाउन गएकी लक्ष्मीको पनि डुबेर मृत्यु भएको हो । अबैध रुपमा बालुवा उत्खनन्को क्रममा बनेको खाल्डोमा परेर ज्यान गएको भन्दै स्थानीयले दोषीलाई कारवाहीको साथै उचित क्षतिपूर्तिको माग गरिरहेका छन् ।

शव घटनास्थलबाट स्थानीयले उठाउन दिएका छैनन् । हाल ओखरपौवा प्रहरी चौकिमा पिडित पक्ष , गाउँपालिका र प्रहरी बिच वार्ता भईरहेको प्रहरीले जनाएको छ ।