सिरहामा १ सय ८८ विजुली चोरमाथि कारबाही


सुभेन्द्र दास, लहान । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिरहाले १ सय ८८ जना विजुली चोरलाई कारबाही गरेको छ । कारबाही गरिएका मध्ये अधिकांश ग्रामिण भेगका व्यक्ति रहेको केन्द्रका प्रमुख अवधेस कुमार दुबेले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/०७६ मा विद्युत चोरी गर्नेहरुलाई समातेर कारबाही गर्दा ४६ लाख ३३ हजार २३० रुपैया ६६ पैसा राजश्व संकलत केन्द्रले गरेको छ । जरिवाना तिरेपछि केन्द्रले नियन्त्रणमा लिएका समानहरु सम्बन्धित व्यक्तिलाई फिर्चा गरेको जनाएको छ ।

विजुली चोरी गर्ने क्रम बढेपछि केन्द्रले नियन्त्रण अभियान चलाएका थिए । जसअन्तर्गत यतिधेरै व्यक्ति पक्राउ परेको र जरिबाना असुल्दा राजश्व संकलन हुनुका साथै विजुली चुहावट १० प्रतिशत घटेको छ ।

यसैविच केन्द्रले लामो समयदेखि विधुत महसुल नबुझाएका ग्राहकको लाइन काटेपछि ६८ लाख ५७ हजार ४३६ रुपैया संकलन गरेको छ । प्रमुख दुबेका अनुसार ३ सय ३४ ग्राहकको लाइन काटेर उक्त रकम संकलन गरिएको छ ।