सिरहामा घरेलु हिंसा बढ्यो, ५ सय भन्दा बढी उजुरी

0
Shares

सुभेन्द्र दास लहान, सिरहा ।
जिल्ला प्रहरी कार्यालय सिरहाको आर्थिक वर्ष २०७५/०७६ श्रावणदेखि आषाढ मसान्त सम्म १ वर्षमा जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा ५ सय ५७ घरेलु हिंसा र ५ सय ११ महिला हिंसा भएको घट्ना सार्वजनिक गरेको छ ।

प्रहरीमा परेका उजुरीमा दाईजोका कारणले हुने हिंसा नखुलाइए पनि अधिकांश हिंसाका घटना दाइजोसँग सम्बन्धित रहेको महिला अधिकारकर्मी श्याम साहले बताइन । आर्थिक वर्ष ०७५/०७६ मा घरेलु हिंसाको उजुरी बढेर ५ सय ५७ पुगेको छ । जसमध्ये २ सय ७६ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ ।

त्यसै गरि महिला हिंसाको उजुरी बढेर ५ सय ११ पुगेको छ । जसमध्ये २ सय ४९ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ । तथ्यांक अनुसार हराएका तथा फेला परेका महिला र बालबालिकाको उजुरी बढेर ३ सय १९ पुगेको छ । जसमध्ये २ सय ६ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ ।

गत आर्थिक बर्ष २०७४/०७५ मा घरेलु हिंसाका ४ सय ६ वटा उजुरी घटनाहरुको उजुरी परेको छ । जसमध्ये २ सय ४९ उजुरीमा मिलापत्र मिलापत्र भैसकेको छ । त्यसै गरि महिला हिंसाका २ सय ४२ वटा उजुरी घटनाहरुको उजुरी परेको छ । जसमध्ये १ सय ४१ उजुरीमा मिलापत्र भैसकेको छ ।

तथ्यांकअनुसार हराएका तथा फेला परेका महिला र बालबालिकाको २ सय ३८ वटा उजुरी घटनाहरुको उजुरी परेको छ । जसमध्ये १ सय २९ उजुरीमा मिलापत्र मिलापत्र भैसकेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी ९डिएसपी० अपिल राज बोहरनले जानकारी दिए ।