सुनकोशीमा हामफाल्दा महिलाको मृत्यु

0
Shares

सिन्धुली ।
सिुन्धुलीको सुनकोसी नदीमा हामफाल्दा एक महिलाको मृत्यु भएको छ ।  काभ्रे पाँचखाल नगरपालीका १० का ३४ बर्षिया सरस्वति रायमाझिको सुनकोसी दनीमा हाम्फालेपछि डुवेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार माईति घर रामेछाप बेथान गाउँपालीप्का ६ जुङगे पानी श्रीमान् ओमबहादुर रायमाझिसंग हिडेकोमा सरस्वतीले सिन्धुलीको सुनकोसी गाउँपालीका–१ कुशेश्वर मन्दिर नजिक सुनकोसी नदिमा हामफालि बेपत्ता भएको र सुनकोसी गाउँपालीका–६ खहरे दोभानमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर सिँहले जानकारी दिए ।
सरस्वतीका श्रीमान ओमबहादुरले आफ्नी श्रीमती सुनकोसी नदीमा हामफाली वेपत्ता भएको जानकारी गराएपछि खोजि गरिएको उनले बताए ।