नेपाल समाचरपत्रकर्मी खत्री पुरस्कृत


गुल्मी ।.नेपाल समाचारपत्र दैनिक कर्मी गुल्मी जिल्ला संम्बाददाता अनिल खत्री पुरस्कृत भएका छन् । शनिवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको छैठौं जिल्ला अधिबेशनको अबसरमा सदरमुकाम तम्घासमा राखेको कार्यक्रमा पुरस्कृत गरेको हो ।

गुल्मीमा रहेर एक दशक वढि समय यता पत्रकारिता गर्दै आएका खत्रीलाई जिल्लाको सांगीतीक क्षेत्रमा कलम चलाएको भन्दै ‘लोक पत्रकारिता’ पुरस्कारले पुरस्कृत गरेको हो । पुरस्कृत भएका खत्रीलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रिय निवर्तमान अध्यक्ष चन्द्र शर्मा प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्तले नगद र सम्मान पत्रले सम्मन गरेका थिए ।
पत्रकार खत्री नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष समेत रहेका छन् । उनि जिल्लामा रहेर राष्ट्रिय र स्थानिय सञ्चार माध्यममा काम गर्दै आएका छन् ।

प्रतिष्ठान गुल्मीले प्रत्येक अधिबेशनको अबसरमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पत्रकार खत्री सहित अरु ३ जना सामाजिक व्यक्तत्वलाई पनि सम्मान गरिएको थियो ।

जिल्ला सदरमुकाम तम्घासमा सर्बप्रथम मोटरबाटो ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मदाने गाउँपालिका १ निवासी बैकुण्ठबहादुर चन्द र शिबिलइन्जिनियर रेसुङ्गा नगरपालिका वडानम्बर ८ निवासी हिराबहादुर भलामीलाई सम्मान गरिएको थियो । प्रतिष्ठान गुल्मीका संस्थापक एवं निर्वतमान अध्यक्ष रेसुङ्गा नगरपालिका वडानम्बर १३ निवासी खुमबहादुर खत्रीलाई सम्मान गरिएको थियो ।
चन्द र भलामीलाई जिल्लाको बिकासको निम्ति महत्वपूर्ण भूमिका खेलेको भन्दै बिकास दुतको रुपमा सम्मान गरिएको थियो । भने खत्रीलाई प्रतिष्ठान गुल्मीमा रहेर कला संस्कृतिको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।

त्यस्तै संस्थालाई सहयोग गरेको भन्दै प्रतिष्ठानका केन्द्रिय निर्वतनमान अध्यक्ष चन्द्र शर्मा, पत्रकार मदन खनाल, उत्कृष्ट सदस्य तर्फ प्रकाश बस्नेत, सञ्जीवनी अर्याल, समाजसेवी मानबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

‘पुराना श्रष्टा र सर्जकलार्ई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन’ भन्ने नाराका साथ शनिवार गुल्मीको सदरमुकाम तम्घासको वालमन्दीर परिसरमा सांस्कृतिक कार्याक्रमहरु सहित गुल्मी लोक तारा दुईको उत्कृष्ट छनोट र जिल्ला शाखाको छैठौं जिल्ला अधिबेशन पनि सम्मपन्न गर्दै छ । अधिबेशनको अबसरमा २ दर्जन बढि राष्ट्रिय कलाकारसँगै साँस्कृतिक कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानले सञ्चालन गरेको गुल्मी लोक तारा दुइलाई सम्पन्न गर्ने सहयोगी संथालाई पनि सम्मान गएको थियो ।