लागुऔषधसहित १ पक्राउ


नवलपरासी । लागुऔषध सहित एक जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका ८ चोरमारा फुलबारीबाट कास्की जिल्लाको लेखनाथ नगरपालिका १८ बस्ने २० बर्षका कृष्ण गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट डाइजोपाम, नुफिन, फेनरागन २ सय ५८ एम्पुलका दरले ७ सय ७४ उम्पेल बरामद भएको प्रहरीले जानकारी दियो ।

भैरहवाबाट पोखरा जाँदै गरेको ना ५ ख ८६९८ नम्बरको बस चेकजाँच गर्ने क्रममा लागुऔषधसहित गुरुङ पक्राउ परेका हुन् ।