संगठन बिनाको विचार काम छैन् : गुरुराज घिमिरे

0
Shares

रामचन्द्र वि.क., रामेछाप ।  नेपाली काग्रेसका युवा नेता गुरुराज घिमिरेले संगठन विनाको विचारले पार्टी नचल्ने बताउनुभएको छ । नेपाल तरुण दल खाँडादेवी गाउँपालिका–६ रामेछापले शनिबार आयोजना गरेको तरुण भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता घिमिरेले पछिल्लो समयमा नेपाली काग्रेसमा संगठन विनाको विचारले पार्टीलाई कमजोर बनाउँदै लगेको बताउनुभएको हो ।

केन्द्रिय नेता समेत रहनुभएका घिमिरेले इतिहास बोकेको नेपाली काग्रेसले आफ्नो पार्टी चलाउन र संसदमा कडा प्रमुख प्रतिपक्षको भूमिका समेत लटर–पटर तरिकाले चलाएकै कारण त्यसको परिणाम राम्रो नआएको दुखेसो गर्नुभयो । उहाँले अहिले काग्रेसका नेता तथा कार्यकर्ताले नेतृत्वलाई गाली गर्ने र आफ्नो कर्तव्य भुल्दै जाँदा त्यसले भविष्यमा काग्रेसलाई ठूलो घाटा लाग्ने चेतावनी दिनुभयो ।

अहिले राजनीति गर्ने नेताहरुले अफ्नो फुर्साद भएको बेला मात्रै राजनीति गर्दै गएकाले त्यस्तो प्रकारको राजनीतिले समाजमा केही परिवर्तन नआउने समेत उहाँले दाबी गनुभयो । भविष्यमा नेपाली काग्रेसलाई सफल बनाउनको लागि काग्रेसले तत्काललै जनता, मतदाता र कार्यकर्तालाई सक्रिय बनाएर योजनाबद्ध तरिकाले लाग्नु पर्नेमा घिमिरेको जोड रहेको छ ।

काठमाण्डौको होटल कोजी इनमा गरिएको तरुण भेला तथा प्रशिक्षण कार्यक्रममा घिमिरेले सहभागिहरुलाई प्रशिक्षण समेत दिनुभएको थियो ।

खाँडादेवी गाउँपालिका–६ माकादुम तरुण इकाईका सभापति हरी केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपाने, पूर्व पार्टी सभापति रामचन्द्र खड्का, नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) लगायतले बोलेका थिए ।

तरुण भेला तथा प्रशिक्षण पश्चात बासुदेब बुढाथोकीको अध्यक्षतामा नेपाल तरुण दल माकादुम–काठमाण्डौ सम्पर्क समिति गठन भएको नेपाल तरुण दल रामेछापका सदस्य सौरभ केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा माकादुमबाट विभिन्न पार्टी परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गर्नेलाई समेत उक्त समितिमा समेटिएको छ ।