खोलामा नुहाउन गएका २ युवा डुबेर बेपत्ता


धादिङ । धादिङको दरिगांल खोलामा नुहाउन गएका दुई युवा बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा नुहाउन गएका २२ वर्षका सुमन स्याङ्तान र २१ वर्षीय भीम घलाङ खोलामा डुबेर बेपत्ता भएका छन् ।

बिहान १० बजे उनीहरूसँगै नुहाउन गएका अन्य दुईजना भने पौडेर ज्यान जोगाएका छन् । घटना भए लगत्तै घटनास्थलमा आइपुगेका स्थानीयले दूईवटा स्काभेटरमा आगो लगाइदिएका छन् ।

खोलामा जथाभावी उत्खनन् गरेका कारण घटना घटेको भन्दै स्थानीयले आक्रोष पोखेका छन् । अन्य स्काभेटरमा तोडफोड गर्न थालेपछि स्थानियलाई नियन्त्रण गर्नमा प्रहरी लागीपरेको छ ।