नदी किनारमा महिलाको शव फेला


नवलपरासी । पूर्वी नवलपरासीको नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । देवचुली नगरपालिका १ केउरानीको नारायणी नदी किनारमा हाल नाम नखुलेकी अन्दाजी ४० बर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

गोरो वर्णकी, पहेलो कुर्ता, बाया हातमा मेहेन्दी लगाएको दुवै खुट्टामा पाउजु, कानमा टप, बाया हातको औलामा औठी, हातखुट्टाको नङ पोलिस, कालो कपाल भएकी महिलाको आफन्तसँग सम्पर्क नभएको प्रहरीले जनाएको छ ।

शव पोष्टपाटर्मका लागि जिल्ला अस्पताल चितवन पठाइएको छ ।