भ्यानको ठक्करबाट १ पैदलयात्रीको मृत्यु


इटहरी । इटहरी १६ बालग्राममा भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बाटो क्रस गर्ने क्रममा हाल नाम नखुलेका ४० बर्षीय पुरुषलाई भ्यानले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले गएराती पैदलयात्रीलाई ठक्कर दिएको हो । भ्यान चालक बराहक्षेत्र नगरपालिका–२ चतराका २५ वर्षीय रबिन दुलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकका आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।