झापामा २९ सय ७० फरार अभियुक्त समातिए


उत्तम नेपाल, भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाबाट फरार रहेका अभियुक्तहरु मध्ये २९ सय ७० जनालाइ समातेको छ । दुइ वर्षको तथ्याङ्कले यस्तो देखाएको हो । गत आर्थिक वर्ष ०७४।७५मा १८ सय ३४ जना र आर्थिक वर्ष ०७५।७६ मा १२ सय ९२ फरार रहेका थिए । यो सङ्ख्या झापा अदालत भन्दा बाहेको हो । अदालतमा हालसम्म २१ सय ९१ जना फरार रहेका छन् ।

विभिन्न अपराधिक क्रियाकलाप गरेर प्रहरीको सम्पर्कमा न आएका अभियुक्तहरुको सङ्ख्या रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष ०७४।७५ मा १७ सय जना समतिए भने १ सय ३४ जना फरार रहेका छन् । जसमा एकजना विदेशी सहित सवैभन्दा बढी ३२ जना केही सार्वजनिक अपराधमा फरार रहेका छन् । सो आर्थिक वर्षमा स्वदेशी पुरुष र महिला तर्फ क्रमस १ सय ३ र २४ जना फरार रहेका छन् ।

त्यसैगरी विदेशी तर्फ ६ पुरुष र एक महिला गरी एक आर्थिक वर्षमा १ सय ३४ जना फरार रहेको जिल्लाक डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । मानव बेचबीखन तथा ओसार पसारमा १३ पुरुष र ७ महिला,ठगीमा एक विदेशीसहित स्वदेशी महिला पुरुष गरी १० जना, आगो लगाएको ३ जना,सवारी अङ्ग भङ्गमा विदेशी पुरुष एक,जुवामा ४ जना,राहदानी किर्ते १ जना, चोरीमा स्वदेशी ४ र विदेशी २ गरी ६ जना पुरुष,बहु विवाहमा ५ महिला र ३ पुरुष,अपहरण तथा शरिर बन्धक विदेशी पुरुष तथा महिला एक एक जना, लागूऔषध १ जना,ज्यान मार्ने उद्योगमा १३ जना,जबरजस्ती करणी उद्योगमा ४ जना,सवारी ज्यानमा ३ जना,कर्तव्य ज्यानमा ४ महिला र २ पुरुष र अपहरण गरी खुन डाकामा १ जना पुरुष प्रहरीको तथ्याङ्कमा रहेको डिएसपी श्रेष्ठले बताउँनुभयो ।

त्यसैगरी आर्थिक वर्ष ०७५।७६ मा फरार रहेका मध्ये १२ सय ७० जना समातिएको छ । आर्थिक वर्षको अन्तसम्म २२ जना फरार रहेको उहाँको भनाइ छ । जसमध्ये कर्तव्य ज्यानमा १ जना रहेपनि प्रतिवादी हालसम्म नखुलेको , झूठा विवरण पेश गरी विदेशी नागरिकले नेपालको नागरिकता लिने उद्योगमा ९ जना,अभद्र व्यवहारमा ३ जना,जबरजस्ती करणी ३ जना,जबरजस्ती करणी उद्योग १ जना ,ठगी ४ जना,मानब बेचबीखन तथा ओसार पसारमा २ जना विदेशी पुरुष फरार रहेको उहाँले बताउँनुभयो ।
मुद्दा दर्ता ओरालो

जिल्ला प्रहरीमा आउने मुद्दा दर्ता समेत घट्दै गएको पाइएको छ । गत आर्थिक वर्ष ०७४।७५ मा १६ सय ८७ वटा विभिन्न मुद्दा दर्ता भएकोमा १५ सय ८५ वटा फर्छोट भइ १ सय २ वटा बाँकी रहेकोे डिएसपी श्रेष्ठले बताउँनुभयो । त्यस्तै आर्थिक वर्ष ०७५।७६मा १४ सय ६२ वटा दर्ता भएका थिए । एक आर्थक वर्षमा ११ सय ६४ फर्छोट भइ २ सय ९८ वटा मुद्दा बाँकी रहेको उहाँले जनाउँनुभयो । कतिपय समस्याहरु स्थानीय स्तरमा नै समाधान हुने भएकोले दर्ता सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ ।