चरीबाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

0
Shares

किरन धामी, दार्चुला ।
दार्चुलामा चरीबाघको छाला सहित सशस्त्र प्रहरी जवानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिला घर भई सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर नम्बर ५० गुल्म दार्चुलामा जवान पदमा कार्यरत वर्ष २९ का दिपक बडाललाई चरीबाघको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी जवान बडाललाई शुक्रबार बेलुकी ६ बजे तिर हिकिलाबाट सदरमुकाम खलंगा आउदै गरेको अवस्थामा गाउँपालिकाको वडा नम्बर ३ तिमुरपाटामा प्रहरी चौकी ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले चरीबाघको छाला सहित पक्राउ गरेको उहाले जानकारी दिनुभयो । प्रहरीले चेकजाच गर्ने क्रममा सशस्त्र प्रहरी जवान बडालको साथबाट ३९ ईन्च लम्बाई र १० ईन्च चौडाई भएको चरीबाघको छाला बरामद गरेको हो ।

पक्राउ परेका सशस्त्र प्रहरी जवान बडाल अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलामा प्रहरीको नियन्त्रणमा छन् । चरीबाघको छाला र पक्राउ परेका सशस्त्र प्रहरी जवानलाई आवश्यक कारबाहीका लागी अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमा बुझाउने उहाले जानकारी दिनुभयो ।

चरीबाघको छाला सहित पक्राउ परेका बडाललाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अन्र्तगत दण्ड जरिवाना हुने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका निमित्त संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो । चरीबाघ संरक्षित बन्यजन्तु पर्दछ ।