सात हजारले नागरिकता बनाए, दुई जनाले परित्याग गरे

0
Shares

बैतडी ।
बैतडीमा एक बर्षको अवधीमा ७ हजार बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । जिल्ला प्रसासन कार्यालयको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५÷०७६ मा ७ हजार १८३ जनाले नागरिकता लिएको छ ।

जसमध्ये ७ हजार १७१ जनाले बंशजको आधारमा नागरिकता बनाएको र १२ जनाले वैवाहिक अंगिकृत नागरिकता बनाएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो ।

यस्तै गतबर्ष १ हजार ८८३ जनाले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बनाएका छन् भने २ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । नेपाली मूल भई विदेशी नागरिकसंग बिहे गरेमा विदेशी नागरिकता प्राप्त गर्न नेपाली नागरिकता परित्याग गर्नुपर्ने हुन्छ ।

यस्तै गत बर्ष ३६ नाबालक परिचय पत्र समेत बितरण भएका जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ । नेपाली नागरिकताको प्रमाणपत्र पाउन सोह्र वर्ष उमेर पूरा भएको हुनुपर्दछ भने नागरिकता बनाउने उमेरभन्दा मुनीकालाई नाबालक परिचयपत्र दिइने गरिन्छ ।