‘संविधानमा लेखिएका अधिकारहरु प्राप्त गर्न सकेनौ’

0
Shares

किरन धामी, दार्चुला ।
२०७२ सालमा जारी भएको संविधानमा लेखिएका आदिवासी जनजातीका हक अधिकारहरु अझै सम्म पनि प्राप्त गर्न नसकेको पुर्व जिल्ला विकास समिति दार्चुलाका सभापति सन्तोश कुमार ऐतवालले बताउनु भएको छ । २५ औ विश्व आदीवासी दिवस तथा रजत जयन्तीको अवसरमा जिल्ला सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा बोल्दै ऐतवालले यस्तो बताउनु भएको हो । संविधानमा लेखिएका सबै अधिकारहरु प्राप्त गरेको खण्डमा जनजातीहरुमा सबै कुराको विकास हुदै जाने उहाको भनाई थियो । वर्तमान सरकारले जनजातीका हक अधिकारहरुलाई कुण्ठित गरेर आसेपासेहरुलाई पृष्ठपोषण गरिरहेको उहाले आरोप लगाउनु भयो ।

साथै उहाले सबै जनजातीहरु एकताको सुत्रमा बाधिएर अगाडी बढेमा मात्रै संविधानले प्रर्दत्त गरेका हक अधिकारहरु प्राप्त गर्न सजिलो हुने उहाले बताउनु भयो । सौका समुदाय एक विशिष्ट भेषभुषा, कला संस्कृति, रहन सहन छुट्टै पहिचान बोकेको समुदाय भएको भन्दै उहाले यी सबै कुराको जगेर्ना गर्न सदरमुकाममा रं संग्राहालय स्थापना गर्नु पर्ने बेला आएको बताउनु भएको छ । युवापिडीले पुर्खाहरुको रहन सहन, भेषभुषा, कला संस्कृति विर्सिदै गएको प्रति उहाले चिन्ता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामीले राज्यले आदीवासी जनजातीको आवश्यकता अनुसार सम्बोधन गर्न नसकेको बताउनु भएको छ । कार्यक्रममा ब्याँस गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष धिरन बुढाथोकीले सौका समुदायलाई राजनितिक दल भित्र आरक्षित हुनु पर्ने बताउनु भएको छ । आदीवासी जनजातीको उत्थानका लागी कुनै पनि सरकारले लगानी गर्न नसकेको प्रति दुःख व्यक्त गर्नु भयो । आदीवासी जनजातीका कला, संस्कृति पहिचान कायम गर्न राज्यले ठुलो लगानी गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

२५ औ विश्व आदीवासी दिवस तथा रजत जयन्तीको अवसरमा ब्याँसी सौका समाज दार्चुलाले विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ । “पहिचान सहितको संघियता र स्वायत्ताका लागी संविधान हाम्रो साझा अभियान, २५ औ विश्व आदीवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशिताका लागी हाम्रो आन्दोलन” भन्ने मुल नाराका साथ दार्चुला जिल्लामा यो दिवस भव्यरुपमा मनाइएको छ । कार्यक्रममा ब्याँसी सौका समाजमा आबद्ध सबै सौका समुदायका महिला पुरुषहरु सहभागिता रहेको थियो ।