गोसाइकुण्ड मेलाको अवसरमा नेपाली सेनाको सहयोग


सरस्वति न्यौपाने। जनै पुर्णिमा मेलाको अवसरलाई मध्यनजर राखि मिनिवाटर देखि घट्टेखोला सम्मको विग्रेको बाटो बनाउन नेपाली सेना कालिजंग गण रसुवाले सहजिकरण गरेको छ ।

रसुवा चेम्बर अफ कमर्सको पहलमा नेपाली सेना लगाएत स्थानिय सन्चार कर्मी लगाएतका समाजसेवीहरुको सक्रियतामा गोसाईकुण्ड जाने यात्रुहरुलाई हिड्न सहज होस भन्दै ४० जनाको सहभागीतामा अप्ठ्यारो बाटोहरु मर्मत गरि झाडीरु पन्छाई कुलाहरु व्यवस्थित बनाइएको छ ।

चेम्बर अफ कमर्सका अध्यक्ष सन्जिव अमात्यले भने हामी ले कसरी जनै पुर्णिमा मेला झर्न आउने तिर्थ यात्रुलाई हिड्न सहज बनाउन सकिन्छ भनि अप्ठ्यारो बाटोहरु सहज रुपमा हिडडुल गर्न सकिने सेनाको सहयोग सँगै हामी सबैको सहभागिताले राम्रो कामको सुरुवात गरेका छौँ ।