समस्याको समाधान निकाल्न बसेको बैठकमा कुर्सी हानाहान,१ घाइते


कीर्तिपुर । तौदह पेट्रोल पम्प अगाडि डिप बोरिङबारेको छलफललमा कुर्सी हानाहान भएको छ । हानाहानका क्रममा कुर्सीले लागेर स्थानीय मइना बयलकोटी घाइते भएकी छन् ।

छलफल नै नगरी डिप बोरिङबाट पानी निकाल्न लागेपछि तौदह सुक्ने भन्दै स्थानीय बासिन्दाले विरोध गरेका हुन् । बोरिङ खन्ने जिम्मा लिएको ओमअदिति इन्टरप्राइजेजका प्रतिनिधि निराजन थापा बोल्दै गर्दा सुरु भएको विवादले उग्ररुप लिएको हो ।

छलफलबाट समस्याको समाधान निकाल्ने उदेश्यले वडाध्यक्षसहित बसेको बैठकमा कुर्सी हानाहान भएको हो ।