गुल्मीमा जिपले ठक्कर दिँदा ३ वर्षीय बालिका घाइते


अनिल खत्री, गुल्मी । गुल्मीमा जिपले ठक्कर दिँदा ३ वर्षीय बालिका घाइते भएकी छन् । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर ६ खैरेनी बजारमा लु १ ज ३३९१ नम्बरको जिपले ठक्कर दिँदा आयुषी भण्डारी घाइते भएकी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताउनु भयो ।

जिपको ठक्करबाट घाइते भएकी वालिकाको स्थानिय मेडिकलमा उपचार पछि पाल्पा पठाइएको (डिएसपी) घलेले बताउनु भयो । बालिकाको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।