सर्पको टोकाइबाट एकै घरका दिदी बहिनीको मृत्यु


दाङ । विषालु सर्पको टोकाइबाट दाङमा एकै घरका दिदी बहिनीको मृत्यु भएको छ । बिहीबार घरमा सुतिरहेको अवस्थामा राजपुर गाउँपालिका ७ भौवानाका शेरबहादुर सार्कीका दुई छोरी १३ वर्षीया करिष्मा सार्की र ११ वर्षीया सुजु सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि भारत लैजाँदै गर्दा उनीहरुको मृत्यु भएको हो।

उनीहरु स्थानीय शिवशक्ति माध्यमिक विद्यालय भौवानामा कक्षा ७ र ५ मा अध्ययनरत थिए । गत वर्षपनि सोही क्षेत्रमा सर्पको टोकाइबाट एक बालिकाको मुत्यु भएको स्थानीयले बताए।