भारतीय लरीले किच्दा सहनीको मृत्यु


काठमाडौँ । भारतबाट कन्टेनर बोकेर आएको लरीले किच्दा विराटनगरमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर ५ बरगाछीस्थित कोशी राजमार्गमा राति १० बजे भएको उक्त दुर्घटनामा परेर साइकलयात्री विराटनगर–१ की ३५ वर्षीय स्वेता सहनीको मृत्यु भएको हो ।

एनएल ०१ एल ५१३५ नम्बरको लरीले भित्री बाटोबाट निस्किदै गरेकी सहनीलाई ठक्कर दिएको थियो । उपचारको क्रममा विराट नर्सिङहोम बिराटनगरमा सहनी मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गाडी र चालक भारत बिहार भागलपुर घर भएका ३३ वर्षीय मोहम्मद सम्सुललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।