चिरपट प्रहार गरी छोराले गरे आफ्नै बुबाको हत्या


भद्रपुर । घरायसी विवाद हुदाँ छोराले बावुमाथि टाउकोमा प्रहार गरेको चिरपटले बावुको घटनास्थलमा नै ज्यान गएको छ । झापाको कमल गाउँपालिका १ का अन्दाजी ७० बर्षीय सुर्य बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार विहान सवा ७ बजे मृतकका छोरा अन्दाजी ३१ बर्षीय प्रकाश थापाले दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा घटनास्थलमा नै ज्यान गएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । घटनापछि स्थानीयले प्रहरी चौकी तोपगाछीलाइ खबर गरेका थिए ।

चौकीबाट गएको प्रहरी टोलीले प्रकाशलाइ नियन्त्रणमा लिएको छ ।