सल्यानका तत्कालीन एलडीओ पोखरेलसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पोखरेलसहित लेखा अधिकृत रामकुमार पौड्याल, इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सबइन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डिसी, सचिव टेकबहादुर डाँगी ९क्षेत्री विरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

त्यस्तै आयोगले नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर घर्ती, निमित्त प्रधानाध्यापक खलबहादुर चलाउने क्षेत्री, उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मर बहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमा कुमारी विकविरुद्धसमेत अभियोगपत्र दर्ता गरेको हो।

सल्यानको साविक काप्रेचौर गाविस ७ घुइयावारीस्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयको भवन निर्माणका क्रममा मिलोमतोमा भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको हो।

स्थानीय विकास अधिकारी पोखरेल, लेखा अधिकृत पौड्याल र गाविस सचिव डाँगीसँग चार लाख ६४ हजार एक सय ६१ रुपैयाँ बिगो माग दाबी र बाकीलाई जनही तीन लाख ५५ हजार तीन सय ३८ बिगो दाबी गरेको आयोगले जनाएको छ।