स्याङ्जामा विप्लवका दुई कार्यकर्ताद्वारा राजीनामा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्ताले बुधबार राजीनामा दिएका छन् । स्याङ्जाको भीरकोट नगरपालिकाका दुई कार्यकर्ताले नगरपालिकाका जनप्रतिनिधिको रोहवरमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हन् ।

पार्टी परित्याग गर्नेमा समूहका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासंघ जिल्ला संयोजक नगरपालिका–७ का शेरबहादुर राना र १ का मकवुल मियाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पार्टीको साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

आफू क्रियाशील रहेको समूहले हिंसात्मक गतिविधि र एकीकृत जनक्रान्तिको कार्यदिशा नछाडेकाले सो पार्टीमा रही काम गर्न नसक्ने भएकाले आजको मितिबाट कुनै सम्बन्ध नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।