जताततै बाँदर आतङ्क !

0
Shares

चिरञ्जविी मास्के, दोलखा ।
दोलखा ओराङका रामशरण खड्का साउनको एक विहान झण्डै चार घण्टा हिडेर सिंगटीमा रहेको गौरीशङ्कर संरक्षण क्षेत्रको मुख्य कार्यालयमा पुगे । र हातमा रहेको दुई पानाको निवेदन संरक्षण प्रमुख सत्यनारायण शाहलाई थमाउदै भने बाँदरबाट अन्नपातको रक्षा गरिदिनु प¥यो ।

खेत बारीमा लगाएको मकै लगायतका अन्नपातहरु बाँदरले सखाप पार्न थालेपछि आजित भएर खड्का गौरीशङ्कर संरक्षण क्षत्रको शरणमा पुगेका थिए । बाँदरले खेत र बारीमा जे लगाए पनि नोक्सान गरिदिन्छ, न धपाउदा जाने न बाँदरमात्र रुगेर बस्ने फुर्सद नै पाईने – रामशरणले भन्नु भयो ।

अहिले दोलखाको दुई नगरपालिका र सातै गाँउपालिकाको बिभिन्न ठाँउमा बाँदरले दुःख दिने भएकोले जिल्ला भरीकै किसानहरुले सास्ती भोग्नु परेको छ । बाँदरले कुनै पनि सिजनमा कृषि उत्पादन गर्न नदिने अवस्था बनेपछि कतिपय मानिसहरु विस्थापित बन्नु पर्ने अवस्था बनेको छ ।

विगु गाँउपालिकाको कार्कीवारी, जैशीगाँउ, मकाल, खलाङ, साउनेपानी, भीरमुनी लगायतका ठाँउमा बादरले हैरान पारेको रामशरणको गुनासो छ । संरक्षण क्षेत्रका कारण अन्य बन्य जन्तुसंगै बाँदरको आतङ्क समेत बढेको छ त्यसैले किसानलाई बाँदर लगायतका बन्य जन्तुबाट राहत दिन गौरीशङ्कर संरक्षण क्षेत्रले पहल गर्नु प¥यो – रामशरणले भन्नु भयो ।

भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचका किसान डम्बरबहादुर कार्की पनि बाँदर आतङ्कबाट आजित भएका छन् । मौसम अनुसार आलु, मकै जे लगाए पनि बाँदरले सखाप पारीदिन्छ, अझ घर वरपर करेसा बारिमा लगाएको तरकारीहरु समेत बाँकी राख्दैन – डम्बरबहादुरले भन्नु भयो । बाँदर आतङ्कका कारण आफुहरु गाँउनै छोडेर अन्यत्र जानुपर्ने अवस्था बनि सकेको डम्बर बहादुरको गुनासो छ ।

दोलखाको दुई नगरपालिका र सातै गाँउपालिकाको बिभिन्न ठाँउमा बाँदरले दुःख दिने भएकोले जिल्ला भरीकै किसानहरुले सास्ती भोग्नु परेको छ । गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाह दोलखा लगायत देशकै बिभिन्न ठाँउहरुमा बाँदरले किसानहरुलाई दुःद दिने समस्या विकराल बन्दै गएकोले संरक्षण क्षेत्रले यसको समाधानको लागि गहन अध्यन गरिरहेको बताउनु हुन्छ ।

हामी यसको समाधानको लागि गहन अध्यनकै चरणमा छौ छिट्टै ठोस निष्कर्ष सहित राज्यलाई नीति बनाउन सहयोग पुग्ने गरी समाधान निकाल्ने छौ – संरक्षण क्षेत्र प्रमुख शाहले भन्नु भयो । तत्काललाई भने संरक्षण क्षेत्रले बाँदर लगायत बिभिन्न बन्य जन्तुले किसानको खाद्यान्न बाली नोक्सान गरेको आधारमा केहि क्षतिपुर्ति दिदै आएको शाहको भनाई छ ।

बाँदरले किसानहरुलाई दुःख दिन थालेपछि भीमेश्वर नगरपालिकाको ३९ औँ पुर्ण बैठकले नगरपालिकाको प्रत्यक वडामा बाँदर नियन्त्रणको लागि ४० हजारका दरले बजेट उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख भरत केसीले बताउनु भयो ।

दोलखाको बैतेश्वर गाँउपालिकाको बिभिन्न ठाँउबाट बाँदर आतङ्क नियन्त्रणको माग सहित दजनौ निवेदन परेको र धेरै किसानहरुले खेत बारीनै बाँझो राखेको उपप्रमुख रविचन्द्र आचार्यले बताउनु भयो । बाँदरको गतिविधि नियन्त्रणको लागि सामुदायीक बनहरुसंग मिलेर बाँदरको आहारा हुने प्रजातिका बोट विरुवा लगाउने बारे छलफल भै रहेको उपप्रमुख आचार्य बताउनु हुन्छ ।