सुदुरका गौरवशाली योजना बाजुरामाः मन्त्री शाह

0
Shares

दयाराम पण्डित, बाजुरा ।
शुदुपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशवहादुर शाहले अन्य जिल्लाको तुलनामा यस आर्थिक वर्षका प्रदेश स्तरी गौरबशाली योजना बाजुरामा राखेको बताउनुुभएको छ । सुदुरपश्चिममै यातायातमा पछाडि परेको बाजुरालाई सडकसञ्जालको पहुंचमा पुु¥याउन खप्तड –मार्तडी , मार्तडी–कोल्टी खण्ड सडक निमार्ण गर्नेगरी १२ कारेड बजेट विनियोजन गरेको बताउनुभएको हो ।

पत्रकारमहासंघ बाजुरा शाखाको भवन निर्माणमका लागि तिस लाख रुपैंया विनियोजन गरेको , सामाजिक सुरक्षाका सावलमा छाउपडी ,सुत्केरी, भरपाखावाट लडेका लाई तत्काल हेलिकप्टर प्रयोग गरी उद्धार गरेको र आबस्यक आर्थिक सहयोग पनि प्रदेश सरकारवाट गरेको बाउनुुयभयो । बाजुराबाट प्रहरी भर्नालाई लक्षित गर्नुहुंदै सुरक्षामा पहुंच पुुगाउन सम्बन्धित निकायमा आवस्यक पहल गरेको र त्यसको पनि सकरात्मक परिणाम आएको बताउभएको छ ।

मन्त्री शाह आफैले समालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय द्धारा बुधबार दिउसो सदरमुकाम मार्तडीमा आयोजित साईवर क्राईम सम्बन्धि एक दिने गोष्ठिलार्ई सम्बोधन गर्दै उक्त अभिब्यक्ती दिनुुभएको हो ।

साईबरक्राईम बारे कानुननी मुल्यमान्यता बारे बोल्नुुभएको थियो । विशेषगरी फेसबुक सामाजिक सञ्जाल र पत्रकारितामा आउने अतिरञ्जीत अभिब्यक्तीले समाजलाई सही दिशामा नडो¥याई गलत बाटोमा लैजाने हुंदा साईवरक्रमाईमका बारे गाउँ गाउँका युवायुवतीलाई सुसुचित गर्न लागेको बताउनुु भएकोछ । कार्यक्रमको सम्बोधनका क्रममा मन्त्री शाह पत्रकारलाई लक्षित गर्दै भन्नुभयो “सकरात्मक कुरा मिडियामा आउदै नआउने नकरात्मक कुरामात्र ठुला ठुला बोल्ड अक्षरमा लेख्नेलाई साईबरक्राईम लाग्न सक्छ ।

”कानुनले कसैलार्य छ्यम्य गर्दैन भन्दै धनगडीका केही मिडियालार्ई लक्षित गर्दै मन्त्री शाहले भन्नुुभयो ः विगतमा आफु संघसंथाका पुराना गाडी चड्दा केही नलेख्ने जनताका लागि यो वर्ष गाडि किन्दा मन्त्रीका लागि गाडी भनेर नेगेटिफ चर्चा गर्ने ? उल्टै कटाक्ष गर्दै प्रश्न गर्र्नुभयो । जनताकको शान्ति सुरक्षामा सहयोग गर्न १६ वटा मिनी थ्रेटर किन्न लागेको पनि बताउनुुभएको छ ।

प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको साईबरक्राईम सम्बन्धि जिल्ला न्याधिबक्ता एबं गोष्ठिका सहजकर्ता धर्मराज जोशी लगायतका सरकारी अधिकारीले गोष्ठिमा प्रशिक्षण गर्नुभएको थियो ।

ईमेल ईन्टरनेट, मिडिया, सामाजिक सञ्जालमार्फत कसैले कसैको चरित्र हत्या हुनेगरी फोटो भ्वाईसक्लीप, यौनदुराचार संग सम्वन्धित श्रव्य दृष्य वा छापामा ल्ययो भने विद्युतीय कारोवार सम्बन्धि ऐन २०६३ अनुसार कारवाही हुने कुरामा जिल्ला न्याधिबक्ता जोशीले गोष्ठिका सहभागीलाई जानकारी गराउनुभएको थियो ।

मन्त्रीशाहका नीजि सचिव विष्नुजैशीले गोष्ठिको उद्येश्यवारे जानकारी गराउनुुभएको थियो । जनप्रतिनीधि, सरकारी गैरुसरकारी कर्मचारी ,विद्युार्थी युवायुवती र पत्रकारका उपस्थिती थियो । विद्युतइि कारोवार सम्बन्धी बनेको एैन २०६३ को दफा ४७ ले तिन लाख रुपैंया जरिवाना वा पांँच वर्ष कैद वा दुवै सजाय हुनसक्ने साईवर क्रईमसम्बन्धी कानुनी प्राब्धान रहेको छ ।