खरको छाना हटाएर जस्तापाता


हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा घरका खरको छानो हटाएर जस्ताको छाना छाउने अभियान थालेको छ ।

गाउँपालिकाका विपन्नले आर्थिक अभावका कारण जस्तापाताले घर छाउन नसकेकालाई खरको छानामुक्त गराउन बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा खरको छाना हटाएर जस्तापाताको छाना हाल्ने कार्य गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि गरिब समुदायको घरको छाना बलियो बनाउन बजेट विनियोजन गरेको हो ।

गाउँपालिकामा खरको छाना भएका घरमा जस्तापाता छाउने कार्यक्रमलगायत विभिन्न योजनाका लागि आर्थिक वर्ष २०७६/०७७ का लागि ३८ करोड ४२ लाख ७४ हजार बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अनुसार चालुतर्फ १६ करोड ८३ लाख ३९ हजार र पुँजीगततर्फ २१ करोड ५९ लाख ३५ हजार रुपियाँ बजेट छ ।

अध्यक्ष टंक मोक्तानका अनुसार जेठ २३ गतेबाट सुरु भएर असार ३० गते समापन गरिएको पाँचौं गाउँसभाले गाउँपालिकाका लागि आवश्यक विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको हो ।