बहुविवाह गर्ने दुई जोडी पक्राउ


गणेश विष्ट,  भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले बहुविहाह गर्ने दुई जोडीलाई पक्राउ गरेको छ । प्रहरीले अरुण गाउँपालिका वडा नम्बर ४ चरम्बीका २६ वर्षीय टंक विक र कान्छी श्रीमती बनेर आउने १९ वर्षीय बसन्ती विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।

उनीहरुलाई टंककी जेठी श्रीमती अमृता विकको जाहेरी पर्छि झापाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका वडा नम्बर ५ मानेभञ्जयाङ फाक्लेका ३३ वर्षीय खगेन्द्र विक र कान्छी श्रीमती २६ वर्षीय हिमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जेठी श्रीमती मीना बराइली रसाइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु विरुद्ध जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । दुवै जोडीलाई प्रहरीले सोमवार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहको थियो ।