मिसेस नेपालमा छानिए १७ महिला


रवन इन्टरटेनमेन्ट प्रालिले आफ्नो कम्पनीको विशेष प्रतियोगितास्वरूप अघिल्ला वर्षझैं यस वर्ष पनि मिसेस नेपाल इन्टरनेसनल २०१९ गर्ने भएको छ।

आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि गतसाता पहिलो चरणको अडिसन सम्पन्न भएको छ। जसबाट ५० मध्ये अन्तिम स्पर्धाका लागि १७ जना छानिएका छन्। दोस्रो अडिसन आगामी शनिबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा हुने जानकारी इभेन्ट निर्देशक निशुकान्त झाले गराए।

गत साता प्रतियोगितामा सामेल हुन चाहने महिलाहरूको अभिनेतृ तथा फिल्म निर्मात्री करिश्मा मानन्धर, अभिनेता आर्यन सिग्देल, अभिनेता तथा रंगकर्मी विरेन्द्र हमाल, फिल्म निर्माता सुवास गिरी, मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, अनुप के बराल र कोरियोग्राफर अश्विनी झाले अडिसन लिएका थिए भने आगामी शनिबार अभिनेता राजेश हमाल, पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल, फिल्म निर्माता सुवास गिरी, मिसेस नेपाल इन्टरनेसनल–२०१८ चन्दा थापा गिरी, अनुप के बराल र कोरियोग्राफर अश्विनी झाले अडिसन लिनेछन्।