साथीका लागि होटलबाट स्याम्पु चोर्छिन् दीपिका


बलिउडको ए लिस्ट एक्ट्रेस मानिने दीपिका पादुकोणले साथीका लागि होटलहरूबाट स्याम्पु चोर्ने गरेको खुलासा भएको छ।
हालै दीपिकाको एक बेस्ट फ्रेन्ड स्नेहा रामचन्दरले दीपिकाका फ्यानका लागि यो कुराको खुलासा गरेकी हुन्।

वेब दुनियाँ डटकमका अनुसार स्नेहाले फ्रेन्डसिप डेको दिन दीपिका पादुकोणका बारेमा यस्तो खुलासा गरिन् कि उनीहरूको मित्रता देखेर फ्यान पनि छक्क परेका छन्। स्नेहाले दीपिकाको वेब साइटमा एक नोट शेयर गर्दै लेखेकी थिइन्– ‘दीपिका मेरा साथीमध्ये एक हुन्, जोसँग म घन्टौं बिताउन सक्छु। उनको आँखामा सधैं प्रेम देखिन्छ। उनी मेरो यस्तो साथी हुन्, जसले मेरा लागि होटलबाट स्याम्पुको स–सानो बट्टाहरू चोेरेर ल्याइदिन्थिन्।’

स्नेहाले उल्लेख गरेअनुसार दीपिका विभिन्न ठाउँमा घुम्न जाने क्रममा होटलमा बस्दा उनका लागि स्याम्पु चोरेर ल्याइदिने गर्थिन्। ‘दीपिकालाई थाहा थियो कि यस्ता स्याम्पु मलाई निकै मन पर्छ। म खुसी छु कि दीपिकाजस्तो साथी मसँग छिन्।’–उनले लेखेकी छन्।